श्रावण २, २०८२ शुक्रबार July 18, 2025

गठबन्धन सरकारमा सहभागी हुन्छौंः माधव नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकारमा सहभागी हुने बताउनुभएको छ ।

नयाँ पार्टी गठनको औपचारिक घोषणापछि पहिलोपटक भएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले छिट्टै सरकारमा सहभागी हुने बताउनुभएको हो । ‘पाँच दलीय गठबन्धनमा हामी पनि थियौं,’ उहाँले भन्नुभयो, ‘सरकारमा जान्छौं ।’

अध्यक्ष नेपालले आफू नेतृत्वको दललाई मुलुकको नेतृत्वदायी पार्टी बनाउने दाबी गर्नुभयो ।

नेकपा एमालेको सम्पत्तिबारे पत्रकारले सोधेको प्रश्नमा अध्यक्ष नेपालले कानूनअनुसार अगाडि बढ्ने बताउनुभयो । ‘कानूनले के भन्छ त्यही गर्ने हो,’ उहाँले भन्नुभयो, ‘नयाँ सिर्जना पनि गर्न सक्छौं । मेरो काम निर्माण गर्ने काम गर्ने हो, अरुको काम ध्वंश गर्ने हो ।’

नेपालले राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नयाँ पार्टी बनाएको बताउँदै अहिले छुटेका नेताहरु पनि कुनै समयमा जोडिने जिकिर गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया