श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एमालेमा १० बुँदे कार्यान्वयन गर्न महासचिव पोखरेलको नेतृत्वमा कार्यदल गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न कार्यदल गठन गरेको छ ।

केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदल गठन गरेको छ । कार्यदलमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेल, तत्कालीन एमालेको जनवर्गीय संगठन मोर्चा इन्चार्ज रहेका सचिव गोकर्ण विष्ट र हाल एमालेमा मोर्चा इन्चार्ज रहेका टोपबहादुर रायमाझी रहनुभएको छ ।

एमालेले पार्टीको कारवाहीमा परिसकेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णयसमेत गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

एमालेले १४ जना सांसदलाई विधान र कानूनबमोजिम सभामुखले कारबाही नगरेको भन्दै आलोचना गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया