श्रावण २, २०८२ शुक्रबार July 18, 2025

देउवा सरकारले नै निर्वाचन गराउँछः डा. भट्टराई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानअनुसार वर्तमान सरकारले नै निर्वाचन गराउने बताउनुभएको छ । धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले गठबन्धन सरकारले नै आगामी निर्वाचन गराउने बताउनुभयो ।

संविधानअनुसार यो सरकार बनेको बताउँदै उहाँले अहिले पनि देशी विदेशी शक्तिहरुको चलखेल भइरहेकाले सावधानी अपनाई समस्या समाधान गर्नुपर्ने बताउनुभयो । “हामी कसैको प्रभावमा पर्नु हुँदैन”, उहाँले भन्नुभयो, “आफ्नो समस्या आफैँ हल गरेर अघि बढ्नुको विकल्प छैन ।” उहाँले प्रतिगमनको खतरा अझै कायम रहेकाले सजग हुनुपर्ने बताउनुभयो ।

डा भट्टराई जसपाको सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णयअनुसार सुदूरपश्चिमस्थित धनगढी आइपुग्नु भएको हो । जसपाको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा पार्टीका अगुवा नेता तथा कार्यकर्ताको सहभागिता थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया