काठमाण्डौंः नेकपा (माओवादी केन्द्र) को युवा सङ्गठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालको राष्ट्रिय भेला भदौ १२ र १३ गते हुने भएको छ ।
वाइसिएलले सातै प्रदेशका प्रतिनिधि र पर्यवेक्षक सम्बन्धित प्रदेशको राजधानीमा जम्मा भई भर्चुअल माध्यमबाट भेलामा सहभागिता जनाउने बताएको छ ।
‘उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौँ, सुदृढ सङ्गठन र परिवर्तनलाई संस्थागत गर्न वाइसिएल नेपालको राष्ट्रिय भेला सफल पारौँ’ भन्ने नारासहित हुन लागेको भेलाले नयाँ नेतृत्व चयन गर्नेछ ।
भेलालाई माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबोधन गर्ने कार्यक्रम रहेको छ ।
भेलामा सङ्गठनको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, नयाँ नेतृत्व र कार्यसमितिको चयनलगायत एजेण्डा रहेको छ । उक्त भेलामा ६४७ प्रतिनिधि एवं पर्यवक्षेकको सहभागितामा रहने बताईएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया