असार २५, २०८२ बुधबार July 9, 2025

स्थानीय तहमा विद्यालय खुलाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तनहुँका दुई स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालनका लागि विद्यालय खुलाउने तयारी गरिएको छ । ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाले आइतबारदेखि प्रत्यक्ष उपस्थितिमा विद्यालय खुलाउने तयारी गरेका हुन् । त्यसका लागि दुवै स्थानीय तहले विद्यालयलाई परिपत्र गरेका छन् ।

ऋषिङ गाउँपालिकाको शुक्रबार सम्पन्न कार्यपालिकाको बैठकले सुरक्षा मापदण्ड अपनाई विद्यालय खोल्ने निर्णय गरेको अधिकृत चिनबहादुर रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार सबै सामुदायिक विद्यालयमा स्वास्थ्य सामग्री व्यवस्थापन भइसकेकाले मास्क, साबुन, स्यानिटाइजरजस्ता स्वास्थ्य सामग्रीको अनिवार्य प्रयोग गर्न भनिएको छ ।

एक बेन्चमा बढीमा दुई विद्यार्थी राखेर कक्षा सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिइएको छ । एउटा कक्षामा २५ भन्दा बढी विद्यार्थी भएमा आवश्यकताअनुसार सेक्सन विभाजन गरी विभिन्न सिफ्टमा सिकाइ सहजीकरण गर्न समेत निर्देशन दिइएको छ ।

यसैगरी व्यास नगरपालिकाले पनि आइतबारदेखि नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्न परिपत्र गरेको छ । नगर शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले शुक्रबार सबै विद्यालयलाई परिपत्र गर्दै कार्यपालिकाको यही भदौ ८ गतेको निर्णयअनुसार पठनपाठनको निरन्तरता दिन विद्यालय सञ्चालन गर्न निर्देशन जारी गर्नुभएको हो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार