श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एकिकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।

बानेश्वरमा आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले दलको नेता चयन गरेको हो । यस्तै, राष्ट्रिय सभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन भएका छन् । अरू पदाधिकारी भने पछि चयन हुने सांसद विरोध खतिवडाले बताए ।

संसदीय दलको बैठकले विधान मस्यौदा समिति बनाएको छ । भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी समिति छन् । यसैगरी, बैठकले मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष नेपाललाई दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने औपचारिक निर्णय पार्टीको स्थायी कमिटी बैठकले गरिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया