श्रावण १, २०८२ बिहिबार July 17, 2025

देशको आमूल परिवर्तनका लागि प्रत्येक नागरिकसम्म शिक्षाको पहुँच पुग्नु आवश्यक नेमकिपा : अध्यक्ष बिजुक्छे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको आमूल परिवर्तनका लागि प्रत्येक नागरिकसम्म शिक्षाको पहुँच पुग्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा आज भक्तपुर नगरपालिकाले आयोजना गरेको विचारगोष्ठीमा उहाँले सबै नागरिक शिक्षित भए देश परिवर्तन हुने बताउनुभएको हो ।

पुस्तकालयमा बस्ने जनशक्तिलाई वैज्ञानिक पुस्तकालय व्यवस्थापनबारे तालिम सञ्चालन गर्नुपर्ने, प्राचीन महत्व बोकेका पुस्तकको सङ्ग्रह पुस्तकालयले सुरक्षित ढङे्गले राख्नुपर्ने र नयाँ पुस्तालाई विद्यार्थी जीवनदेखि पुस्तकालय गएर अध्ययन गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुुभयो । पुस्तकालयलाई ज्ञानको भण्डारका रूपमा व्यवस्थित गर्नु जरुरी रहेको बताउँदै अध्यक्ष बिजुक्छेले भक्तपुरमा रहेको सार्वजनिक पुस्तकालयको व्यापक सदुपयोग गर्नुपर्ने औँल्याउनुुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विज्ञान र प्रविधिको विकाससँगै आधुनिक र प्रविधियुक्त पुस्तकालयको महत्व झन् बढ्दै गएको चर्चा गर्दै भक्तपुर नगरपालिकाबाट सञ्चालित जनज्योति पुस्तकालयलाई थप व्यवस्थित र समायानुकूल सुधार गर्ने प्रयास गरिरहेको बताउनुभयो । नगरपालिकाका उपप्रमुख रजनी जोशीले पुस्तक पढ्ने बानी र पुस्तलकालयसँग अभ्यस्त रहने बानीले सुसंस्कृत, सुसूचित र सभ्य समाज निर्माणमा टेवा पुग्ने बताउनुभयो ।

इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले नेपालमा संस्थागतरूपमा पुस्तकालय स्थापना भएको २०० वर्षभन्दा लामो इतिहास पूरा भएको बताउँदै भक्तपुरको साकोथामा रहेको साफू कुथि छेँ नेपालकै पहिलो पुस्तकालय भएको र यसबाट भक्तपुर शिक्षाको केन्द्रका रूपमा रहेको चर्चा गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार