असार २१, २०८२ शनिबार July 5, 2025

पोखरा पल्टनको लगातार तेस्रो हार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा पोखरा पल्टनले लगातार तेस्रो हार व्यहारेको छ । यससँगै उसको अघिल्लो चरण प्रवेश कठिन भएको छ ।

शुक्रबार भएको खेलमा बुटबल ब्लास्टरले पोखरालाई ८ विकेटले हराएको हो ।

पोखराले दिएको १२२ रनको लक्ष्य बुटबलले मात्र १४ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

उसको सुरुआत राम्रो रहृयो । विस्फोटक ब्याटिङ गरेका अफ्ताबुद्दिन अहमदले शंकर रानाले पहिलो जिकेटका लागि ८७ रनको साझेदारी गरे । राना १९ रनमा आउट भए । दोस्रो विकेटका रुपमा आउट भएका अहमदले ७५ रन बनाए । ४६ बलको सामना गरेका उनले १२ चौका र दुई छक्का हाने ।

भीम सार्की १६ र हर्ष टोंक ६ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर १२१ रन बनाएको थियो । उसका लागि रविइन्दर सिंहले ४५ रन बनाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया