असार २२, २०८२ आइतबार July 6, 2025

काठमाडौंमै तीन बालबालिकाको ‘अपहरण’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । छोराछोरीलाई सामखुसीस्थित कोठामा छाडेर पोखरामा पुगेकी काठमाडौंकी रुपा (नाम परिवर्तन)लाई सोमबार परिचित आवाजबाट फोन आयो, ‘तेरो छोरा, छोरी र भाञ्जी मेरो कब्जामा छ, तीन लाख दिए मात्र छाड्छु ।’

फोन गर्ने बानेश्वरका २४ वर्षीय आशिष सिजापती थिए । रुपाले उनलाई सहजै चिनिन् । आपतमा आर्थिक सहयोग गर्ने, आफ्ना छोराछोरीले मामा भनेर सम्बोधन गर्ने सिजापतीले अपहरण गरेको उनले फिटिक्कै पत्याएनन् । तर दुई दिनपछि काठमाडौं फर्किएर कोठामा हेर्दा तीनै जना बच्चा थिएनन् ।

अनि पोखरामा हुँदा आएको फोन सम्झेर झस्किइन् । ‘अरुबेला भाञ्जाभान्जी भन्नेले अपहरण गर्ला भनेर पत्याउनु पनि कसरी ?’ रुपाले प्रहरीसँग भनेकी छन् ।

मोबाइल हेर्दा बच्चाको आईडीबाट फेसबुकमा ‘मामाले ल्याएर अननोन ठाउँमा राख्नुभएको छ’ भनेर म्यासेज आएको पनि देखियो । त्यसपछि आत्तिएकी उनले परिवारका सदस्यसँग सल्लाह गरेर प्रहरीलाई घटनाबारे जानकारी गराइन् ।

लगत्तै काठमाडौं प्रहरीले अनुसन्धान थाल्यो ।

प्राविधिक पक्षको विश्लेषणबाट सिजापतीको लोकेशन टोखा नगरपालिका-९, शान्ति टोल आसपास देखियो ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले सोही सूचनाको आधारमा त्यस क्षेत्रका होटलहरुमा छापा हान्न थाल्यो । त्यसक्रममा होटल ब्लू स्टारको कोठा नं. ४०४ मा खनतलासी गर्दा प्रहरीले अपहरित तीन बालबालिकालाई उद्दार गर्‍यो ।

कुरुवाको रुपमा बसेका गोरखाका २८ वर्षीय विनोद थापा मगर पनि पक्राउ परे । उद्दारपछि बच्चालाई ‘ममीले राख्नु भनेको छ’ भनेर विद्यालय जाने वेला सिजापतिले अपहरण गरेको खुल्यो । तर उनी कहाँ छन् भन्ने पत्तो लागेन ।

सोधपुछ र विस्तृत अनुसन्धानका क्रममा सिजापति प्रहरीकै हिरासतमा रहेको खुल्यो । तीन जना बालबालिका अपहरण गरेको एकदिनपछि मंगलबार सिजापतिले नै काठमाडौंको टोखामा डेरा गरी बस्ने रामेछाप दोरम्बका २१ वर्षीय नरेश थापा मगरलाई अपहरण गरेर अमलेखगञ्ज पुर्‍याएका रहेछन् ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरले विशेष सूचनाको आधारमा चलाएको अपरेशनमा उनीसहित धादिङका किसन गुरुङ, आशिक लामा, कञ्चनपुरका सुनिता धामी र मकवानपुरका सरस्वती तामाङ पनि पक्राउ परे ।

सिजापतीको समूहले ट्याक्सीमा चढिरहेको वेला अमलेखगञ्जबाट अपहरण गरेको थियो । बा २ ज ५९५ नम्बरको ट्याक्सीमा सवार उनलाई बा २ ज ५३५६ नम्बरको ट्याक्सीमा आएको सिजापतीको समूहले अपहरण गरेको थियो ।
त्यसक्रममा मगरसँगै रहेका काभ्रेका सरोज सापकोटामाथि कुटपिट भएको थियो । लगत्तै, दुई जना जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा पुगेर प्रहरीलाई घटनाबारे जानकारी दिएका थिए ।

त्यसक्रममा सिजापती पक्राउ परे । समूहका दुई जना सदस्य अझै फरार रहेको प्रहरी उपरीक्षक (एसपी) मुकेश सिंहले बताएका छन । उनले भने, ‘काठमाडौं समातिएका व्यक्ति पनि यही समूहका हुन् कि होइनन् भन्ने विषयमा पनि अब अनुसन्धान गर्छौंं ।’

लेनदेन विवादले अपहरण

अनुसन्धानमा संलग्न काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार दुवै घटनामा लेनदेनसम्बन्धी विवाद पनि देखिएको छ । सामाखुसी अपहरण प्रकरणका रुपालाई सिजापतीले दुई लाख रुपैयाँ ऋण दिएका थिए, तर फिर्ता पाएका थिएनन् ।

मगरको घटनामा पनि आर्थिक विषय पनि जोडिएको प्रहरी बताउँछ । एसपी सिंहका अनुसार सिजापतीले अपहरणमा परेका विनोद मगर साथी भएको र लेनदेनको समस्या रहेको बताएका छन् । तर, यकिन रकम बताएका छैनन् ।

विनोदले काठमाडौंमा आफ्नो सुन चाँदी पसल रहेको प्रहरीलाई बताएका छन् ।

सिजापती यसअघि ठगीका घटनामा संलग्न भएको पाइएको छ । उनले आफूसँग वन मान्छेको हात, सर्पको दाँत जस्ता वस्तु भएको बताउँदै ठगी गर्ने गरेको देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार