असार २५, २०८२ बुधबार July 9, 2025

कक्षा १२ को परीक्षा भदौ ३० देखि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोभिड-१९ को उच्च जोखिमका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि भौतिक उपस्थितिमै हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले भदौ ३० गतेदेखि असोज ८ गतेसम्म परीक्षा गराउने गरी नयाँ तालिका सार्वजनिक गरेको हो।

यसअघि साउन ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तय गरेको भए पनि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको सिफारिसमा सिसिएमसीले परीक्षा स्थगित गरेको थियो। हाल सबै परीक्षार्थी, शिक्षक, केन्द्राध्यक्ष र परीक्षामा सहभागिता जनाउने सबै सहभागीहरूलाई कोरोनाविरुद्धको खोप सरकारले उपलब्ध गराइसकेको हुनाले निर्धक भएर परीक्षा सञ्चालन गर्ने वातावरण बनेको परीक्षा नियन्त्रक कृष्ण शर्माको ठहर छ।

कक्षा १२ को परीक्षामा कुल ३ लाख ८४ हजार परीक्षार्थीले सहभागिता जनाउँदै छन्। देशभरि ४ हजार ३ सय १५ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा नियन्त्रक शर्माका अनुसार दुर्गम क्षेत्रका सबै परीक्षा केन्द्रमा प्रश्नपत्र हार्ड कपी नै पुर्‍याइसकिएको छ भने अन्य केन्द्रमा परीक्षाको दिन मात्र प्रश्नपत्र इमेलबाट पठाइने तयारी गरिएको छ। भौतिक उपस्थितमै सय पूर्णाङ्ककै परीक्षा हुने तय भएको छ।

‘बोर्डले होम सेन्टरबाटै परीक्षा दिने व्यवस्था मिलाएको छ,’ परीक्षा नियन्त्रक शर्माले नागरिकसँग भने, ‘सबै केन्द्राध्यक्षहरूलाई परीक्षा सञ्चालन, व्यवस्थापन र सुरक्षा मापदण्ड पालनाबारे अभिमुखीकरण गरिनेछ।’ उनले थपे, ‘परीक्षा केन्द्रमा हेल्थ डेस्कको व्यवस्था गरिने छ भने विद्यार्थी र शिक्षकले खोप लगाए पनि अनिवार्य रूपमा मास्क, सेनिटाइजर र भौतिक दुरी अनिवार्य पालना गर्नुपर्नेछ।’ यसका साथै एउटा कक्षामा २५ जना मात्र परीक्षार्थी राखिने व्यवस्था गर्ने निर्णय भएको बोर्डले जनाएको छ। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार