श्रावण १, २०८२ बिहिबार July 17, 2025

ओलीमाथि गम्भिर आरोप लगाउदै बामदेव गौतमले एमाले उपाध्यक्षबाट राजिनामा दिए (पत्रसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अन्ततः राजीनामा दिएका छन् । उपाध्यक्ष पदबाट राजीनामा दिएका गौतमले पार्टी अध्यक्ष ओलीमाथि ९ वटा गम्भीर आरोप समेत लगाएका छन् । उनको राजीनामापत्र पूर्णरुपमा ओलीप्रति लक्ष्यित छ ।

ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएको गौतमले राजीनामामा उल्लेख गरेका छन् । पार्टी अध्यक्षमा निर्वाचित भएपछि ओलीले नवौं राष्ट्रिय महाधिवेसनबाट पारित राजनीतिक कार्यदिशालाई कहिले पनि अबलम्बन नगरेको उनको आरोप छ ।

‘नेपालको संविधान २०७२ जारी भएपछि पहिलो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन २०७४ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को ‘साझा घोषणा’ लाई तपाईं प्रधानमन्त्री हुनु भएपछी आफ्नो कार्यकाल भरी त्यसलाई लागु गर्नु भएन ।’ गौतमले भनेका छन्, ‘तपाईंले गर्नुभएका कतिपय कामहरूलाई पटक-पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछी पनि तपाईंले आफूलाई सुधार गर्न सक्नुभएन।’

पार्टीका समकक्षीहरुलाई अपमान गर्ने, कारवाही गर्ने र पार्टीबाट निष्कासनसम्म गर्ने जस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृत्ति र शैली अंगालेको गौतमको आरोप छ । राष्ट्रपतिलाई पनि आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरु कार्यान्वयन गर्न दुरुपयोग गरेको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

गौतमको राजीनामाको पूर्णपाठः

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार