श्रावण १, २०८२ बिहिबार July 17, 2025

एमाले सदनमा सशक्त रूपमा प्रस्तुत हुन्छ : ईश्वर पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाबाट संवैधानिक भूमिका निर्वाह नभएको जनाउँदै आगामी दिनमा पार्टी सदनमा कडारूपमा प्रस्तुत हुने बताएका छन् ।

एमालेनिकट युवा सङ्घ नेपालको टोखा नगरस्तरीय कमिटीको घोषणासभामा आज महासचिव पोखरेलले एमालेले कारबाही सिफारिस गरिएका १४ प्रतिनिधिसभा सदस्यसमेतलाई मान्यता दिई एमाले विभाजनमा गराउने काम भएकाले यसको प्रतिरोध गरिने जनाएका हुन् ।

एमालेले यही भदौ १ गते तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई पार्टीविरोधी कार्यमा संलग्न भएको र ह्विपको पालना नगरेका कारण कारबाही गर्न संसद् सचिवायलमा पत्र पठाएको थियो ।

उक्त पत्र विचाराधीन हुँदा राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेशबमोजिम नेता नेपालको नेतृत्वमा भदौ ९ गते निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई दल दर्ताको मान्यता दिएको थियो । यो विषयमा एमालेले सर्वाेच्च अदालतमा रिट निवेदन पनि दिएको छ ।

महासचिव पोखरेलले एमालेले राजनीतिलाई सही बाटोमा ल्याउने जिकिर गर्दै हिजोभन्दा शक्तिशाली भएर पार्टी अगाडि बढ्दै राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय र समृद्धिको यात्रालाई निरन्तरता दिने जनाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार