काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्।
पार्टी विभाजनपछि नेता/कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले उनी अस्वस्थ भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए।
‘हल्का ज्वरो आएको छ । त्यसैले शनिबारको सबै कार्यक्रमहरु र भेटघाट रोकिएको छ,’ प्रेस संयोजक बजगाईंले भने, ‘पछिल्लो समयमा निकै धपेडीमा रहेकोले ज्वरो आएको हुनसक्छ ।’
शनिबार नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीले महानगरस्तरीय बृहत् कार्यकर्ता भेला गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया