असार २५, २०८२ बुधबार July 9, 2025

डोटीमा आइतबारदेखि विद्यालय सञ्चालन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका सम्पूर्ण विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन्।

जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यहाँका नौ वटै स्थानीय तहका विद्यालय आइतबारदेखि खुल्ने भएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए।

उनले भने, ‘कोरोना जोखिम नभएका कारण हामीले विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएका छौँ, आइतबारदेखि विद्यालय खुल्छन्।’

निमित्त प्रजिअ जोशीको अध्यक्षतामा शनिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो।

सोहीअनुरूप यहाँका स्थानीय तहका शिक्षा समितिले विज्ञप्ति जारी गर्दै भदौ २० गतेदेखि स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय खोल्ने निर्णय गरेको छ।

कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी प्रत्येक स्थानीय तहमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा विकास कार्यालयले जनाएको छ।

विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थी संख्याका आधारमा फरक–फरक समयमा कक्षा सञ्चालन गर्न, गराउन प्रशासनले सबैमा अनुरोध गरेको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार