श्रावण १, २०८२ बिहिबार July 17, 2025

महाधिवेशन महासंग्रामः कैलाली काँग्रेसको वडा अधिवेशन अनिश्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली कांग्रेसको १४औँ महाअधिवेशनको प्रक्रिया आरम्भ भइसक्दा पनि कैलालीमा वडा अधिवेशन अनिश्चित बनेको छ । पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद केन्द्रबाट टुङ्गो लगाउन ढिलो हुँदा वडा अधिवेशन अनिश्चित बनेको कांग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताए ।

पार्टीको जिल्ला सभापति पदका दाबेदार समेत रहेका बमले भने, ‘केन्द्रमा विवाद समाधानको प्रयास भइरहेको छ, केही दिन ढिलो भए पनि अधिवेशन रोकिँदैन ।’ देश सङ्घीयतामा गएसँगै सङ्घीय संरचनाअनुरुप अधिवेशन गर्ने पार्टी कांग्रेस पहिलो रहेको उनले बताए ।

सुदूरपश्चिम प्रदेशका जिल्लामध्ये सबै भन्दा बढी पाँच निर्वाचन क्षेत्र रहेको यो जिल्लाको निर्वाचन क्षेत्र नं १ मा क्रियाशील सदस्यता विवादको समस्या ठूलो रहेको बताइएको छ ।

विवादकै कारण सो क्षेत्रका नेता कार्यकर्ताले कांग्रेसको केन्द्रीय कार्यालयमा यसअघि धर्नासमेत दिएका थिए । कांग्रेसको जिल्ला सभापति पदका लागि वर्तमान उपसभापति बम, नेता नारायणदत्त भट्ट, नृपबहादुर ओड, डा रणबहादुर रावल, गणेश देउवा, खेमराज चौधरीलगायतका नेता आकांक्षी देखिएको चर्चा छ ।

पार्टीका जिल्ला सभापति नरनारायण शाह दुई कार्यकाल सभापतिको जिम्मेवारीमा रहिसकेका छन् । तेस्रो कार्यकाल सभापतिमा उठ्न नपाइने कांग्रेसको विधानमा व्यवस्था छ ।

डडेलधुरामा पनि पूर्वनिर्धारित मिति अर्थात भदौ १८ गते कांग्रेसको वडा अधिवेशन हुन सकेको छैन । त्यस्तै बाजुरा, दार्चुला र बैतडी जिल्लामा पनि वडा अधिवेशन प्रारम्भ हुन सकेको छैन । तीमध्ये कतिपय जिल्लामा आज वा भोलिसम्म वडा अधिवेशन सुरु हुने जनाइएको छ ।

डडेलधुरा जिल्लाका कांग्रेस नेता एवं प्रदेशसभामा प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक गोविन्दराज बोहराले केन्द्रबाट क्रियाशील सदस्यको विवरण नआउँदा जिल्लामा तोकिएको समयमै वडा अधिवेशन हुन नसकेको बताए ।

उनले भने, ‘क्रियाशील सदस्याताको विवाद त्यति ठूलो थिएन, केन्द्रवाट लिष्ट नआउँदा अधिवेशन हुन सकेको छैन ।’ सो जिल्लामा यही भदौ २२ गते वडा अधिवेशन गर्ने तयारी भइरहेको छ । डडेलधुराको पार्टीको सभापतिका लागि परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउद, वर्तमान उपसभापति करुणकर भट्टलगायत आकांक्षी देखिएका छन् ।

डडेलधुराका वर्तमान सभापति एवं प्रदेशसभा सदस्य कर्णबहादुर मल्लको दुई वर्षे कार्यकाल पूरा भइसकेको छ । केही जिल्लामा यही भदौ २१ र अन्य केही जिल्लामा भदौ २२ बाट वडा अधिवेशन हुन लागेको जनाइएको छ । कञ्चनपुर, डोटी, बझाङ र अछाम जिल्लामा भने भदौ १८ देखि वडाअधिवेशन सुरु भइसकेको छ ।

कञ्चनपुरका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । सो जिल्लामा पार्टीका वर्तमान सभापति हरिप्रसाद बोहरा र गोपाल गुरुङलगायतका नेता जिल्ला सभापतिका लागि दाबेदार रहेको जनाइएको छ ।

डोटी जिल्लाका ६५ वडामध्ये ५९ वडामा भएको अधिवेशनमा वडासमितिका सदस्य र क्षेत्रीय प्रतिनिधि अधिकांश सर्वसम्मतिले छनोट भएको छ । बाँकी छ वडामा निर्वाचन प्रक्रिया अपनाइ वडा तहको अधिवेशन सम्पन्न भइसकेको सो पार्टीका निर्वाचन अधिकृत ठेकेन्द्रराज जोशीले जानकारी दिए ।

डोटीमा भूमिराज वडू, दीपक विष्ट, रामप्रसाद उपाध्याय, प्रदीप देउवा, नरेन्द्रबहादुर सिंह पार्टीको जिल्ला सभापतिका लागि आकांक्षी देखिएका छन् । हाल पार्टीको जिल्ला सभापति देउवा छन् । बैतडीमा भदौ २१ देखि वडा अधिवेशन गर्ने तयारी गरिएको छ ।

वडा अधिवेशनपछि नगर, गाउँ समितिको नेतृत्व चयन गरिने कार्यतालिका छ । त्यसपछि जिल्ला तहको कार्यसमिति चयन हुनेछ । क्रियाशील सदस्यले पार्टी संरचनाको वडा र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने जनाइएको छ । क्षेत्रीय प्रतिनिधि प्रदेश, क्षेत्र, जिल्ला अधिवेशनका मतदाता हुने व्यवस्था गरिएको छ ।

कांग्रेसको १४औँ अधिवेशनको प्रक्रिया आरम्भ भइरहँदा पार्टीमा मौलाएको गुट उपगुटको राजनीतिले वर्षौदेखि राजनीतिमा लागेका निष्ठावान र त्यागी नेता भने पछि पर्दै गएको गुनासो एक नेताले सुनाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार
जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त
२०८२ श्रावण १, बिहिबार