श्रावण १, २०८२ बिहिबार July 17, 2025

राष्ट्र सङ्कटमा परेका बेला कांग्रेसले निकास दिन्छ : प्रकाशमान सिंह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्र सङ्कटमा परेका बेला निकास दिने काम पार्टीले गर्दैै आएको बताउनुभएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ ले आज जोरपाटीमा आयोजना गरेको ‘पार्टीको १४ औँ महाधिवेशन नेतृत्व विकास र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले निकास दिनकै लागि पार्टीको नेतृत्वमा वर्तमान सरकार गठन भएको बताउनुभयो । देशमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न कसैसँग सम्झौता नगरेको पार्टीको इतिहास निरन्तर कायम गरिनुपर्नेमा पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले जोड दिनुभयो ।

उहाँले कांगे्रसले विगतमा अराष्ट्रिय तत्वको आरोप खेपेर पनि लोकतान्त्रिक मूल्य मान्यताका लागि काम गर्दै आएको स्मरण गर्दै संविधानमा उल्लेख भएका नागरिकका मौलिक अधिकारको रक्षाका लागि कांग्रेस नेतृत्वको सरकार प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

पार्टीको १४ औँ महाधिवेशनअघि क्रियाशील सदस्यता वितरणमा विधि र प्रक्रिया मिचिएका विषयमा नेतृत्व सजग हुनुपर्ने नेता सिंहको भनाइ थियो । विगत निर्वाचनमा कांग्रेस कमजोर भएकैले लोकतान्त्रिक संविधान फाल्न खोजिएको उल्लेख गर्दै उहाँले वडा तहसम्म आधार बलियो पार्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पार्टी केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी विधानमा महाधिवेशन भएको तीन वर्षसम्म साधारण र क्रियाशील सदस्य बनाउन पाइने तर चौथो वर्षमा नपाइने व्यवस्था कार्यान्वयन नहुँदा २१ जिल्लामा सदस्यता विवाद आएको बताउनुभयो । देशमा संविधानको शासनका लागि लडेको काग्रेसले पार्टीमा विधिको शासन स्थापित गर्नुपर्ने उहाँको भनाइ थियो ।

आगामी स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचन कांग्रेसले कसैको बुइ चढेर नभई एकलरूपमा लडेर बहुमत ल्याउने गरी तयारी गर्नुपर्ने उहाँको भनाइ छ ।

पार्टी केन्द्रीय सदस्य विष्णुविक्रम थापाले कांग्रेसमा जाति, धर्म, क्षेत्रको कुरा अतिवाद हुने भएकाले यस्ता विषयभन्दा उठेर बहस गर्न नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो । सिन्धुपाल्चोक कांग्रेसका सभापति विकास लामाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सहयोगका विषयमा पार्टीको तल्लो तहसम्म बहस चलाइनुपर्ने धारणा राख्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार
जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त
२०८२ श्रावण १, बिहिबार