असार २५, २०८२ बुधबार July 9, 2025

जनकपुरधाम उपमहानगरपालिकाद्वारा शिक्षा क्षेत्रमा मनपरी खर्च, कामै नगर्ने विद्यायललाई एक करोड दिइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनकपुरधाम उपमहानगरपालिकामा शिक्षा क्षेत्रको अवस्था भद्रगोल देखिएको छ । संविधानमा स्थानीय तहलाई अधिकार दिए पनि शिक्षामा सुधार आउनुको साटो लथालिंग र वित्तीय अनुशासनको आभाव देखिएको छ ।

महालेखापरीक्षक कार्यालयको ५८औं प्रतिवेदनमा जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा क्षेत्रको अवस्था निकै दयनीय रहेको उल्लेख छ ।

उपमहानगरका दिवा खाजा खर्चमा समेत अनियमितता देखिएको छ । पालिकाले ४८ वटा विद्यालयलाई एक करोड ५० लाख ७९ हजार ६ सय ८३ रुपैयाँ निकासा दिएको छ । विद्यार्थीको संख्या, हाजिर भएको दिन र विद्यार्थीलाई खाजा खुवाएको सुनिश्चित हुने प्रमाण पेस गरेको नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

कक्षा १ देखि १० सम्म विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तकबापत ७६ लाख रुपैया खर्च गरेको छ । तर सो पाठ्यपुस्तक पाएको वा नपाएको, त्यसको अनुगमनको आभावसमेत देखिएको छ ।

उपमहानगरपालिकाले विद्यार्थीहरूलाई छात्रवृत्तिबापत ४९ लाख २० हजार रुपैयाँ वितरण गरिएको छ । तर, त्यसको प्रतिवेदनसमेत नपाइएको महालेखाले जनाएको छ । उपलब्ध गराइएको छात्रवृत्तिमा  दलित, अपांगता, छात्रछात्रालाई उपलब्ध गराइएको विवतरणसमेत उपलब्ध नभएको महालेखाले औंल्याएको छ ।

अनुदानबापत मदरसालाई उपमहानगरपालिकाले ३६ लाख १५ हजार रुपैयाँ निकासा गरेको छ । उपमहानगरपालिकाले निर्माण काम सम्पन्न नै नभएको अवस्थामा समेत गोगलप्रसाद नमुना माध्यमिक विद्यालयलाई ५१ लाख ५६ हजार नौ सय ९९ रुपैयाँ र यज्ञवल्क्य संस्कृत विद्यालयलाई ४९ लाख ९५ हजार रुपैयाँ निकासा गरेको पाइएको छ ।

दुवै विद्यालयले नियमविपरीत कार्य गरेको र महलेखाले विद्यालयको निर्माण कार्यको अनुमगन गर्ने पदाधिकारी तथा विद्यालयलाई कारबाही गर्न सुझाव दिएको छ । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार