असार २५, २०८२ बुधबार July 9, 2025

बैतडीका पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बैतडीका पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु भएको छ । दशरथचन्द र पाटन नगरपालिका तथा शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा पठनपाठन थालिएको हो ।

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ अन्योलमा थियो । विद्यार्थीको भविष्य बिग्रिने भन्दै दशरथचन्द नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा यही भदौ २१ देखि २७ गतेसम्म पठनपाठन सुरु गर्न निर्देशन दिएको छ । नगरपालिकाको उक्त निर्देशनपछि केही विद्यालयमा पढाइ सुरु भएको र अन्यमा भदौ २७ गतेदेखि पठनपाठन थालिने नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिए ।

यस्तै सिगास गाउँपालिकाका विद्यालयमा मङ्गलबारदेखि पढाइ सुरु भएको सो गाउँपालिकाकी उपाध्यक्ष द्रोपती चन्दले बताइन् । पाटन नगरपालिकामा भदौ २० गते, पञ्चेश्वरमा २१ गतेदेखि तथा शिवनाथ गाउँपालिकामा गत महिनादेखि नै पठनपाठन सुरु भइसकेको छ । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पठनपाठन भइरहेको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।

जिल्लाका बाँकी पाँच स्थानीय तहका पनि पठनपाठन सुरु गर्ने तयारी भएको छ । मेलौली र पुर्चौंडी नगरपालिका तथा डिलाशैनी र सुर्नया गाउँपालिकामा यही भदौ २७ गतेदेखि विद्यालय सञ्चालनमा आउने बताइएको छ ।

दोगडाकेदार गाउँपालिकामा पनि विद्यालय सञ्चालनको मिति तय गरिने भएको छ । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण १८ जनाको ज्यान गएको छ । हाल जिल्लामा २० सक्रिय सङ्क्रमित रहेका छन् ।

शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनीमा सक्रिय सङ्क्रमित शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार