वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउत कारागार चलान भएका छन् । १३ वर्ष पुरानो सवारी ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका राउतलाई प्रहरीले आइतबार पक्राउ गरी जिल्ला अदालत बारामा बुझाएको थियो ।
बाराका प्रहरी उपरीक्षक विकासराज खनालका अनुसार अदालतले सुनाएको २९ दिन कैद र दुई हजार रूपैयाँ जरिवानाको फैसला कार्यान्वन गर्न राउतलाई कारागार पठाइएको छ ।
२०६२ माघ २८ गते राउत सवार ना४ प ३७८५ नम्बरको मोटरसाइकलले छातापिप्रा-३ मा ठक्कर दिँदा घाइते भएकी ६५ वर्षीया हसियादेवी चौधरीको उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनामा २०६३ साल भदौ २९ मा जिल्ला अदालतले राउतलाई २९ दिन जेल र दुई हजार जरिवानाको सजाय सुनाएको थियो ।
जिल्ला अदालतले उनलाई आइतबार नै थुनामा राख्नका लागि अनुमति दिएसँगै कारगार पठाइसकिएको खनालले बताएका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया