श्रावण १, २०८२ बिहिबार July 17, 2025

संखुवासभा हत्या प्रकरण: भतिजोद्वारा रिसको झोंकमा हत्या गरेको स्वीकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको ६ जनाको हत्या प्रकरणमा छिमेकी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हत्या अभियोगमा आज आइतबार सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । हत्या रहस्मय बन्दै गएको भन्दै प्रहरीले प्राविधिक र मानवीय दुवै कोणबाट प्रहरीले अनुसन्धान शुरू गरेको थियो ।

एकै परिवारका ६ जना वृद्धदेखि बालबालिकासम्म बीभत्स हत्याको प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान अगाडि वढाएको थियो । अनुसन्धानका क्रममा बीभत्स हत्या गर्ने अभियुक्त मृतकका भतिज २६ वर्षीय लोकबहादुर कार्की रहेका छन् । पक्राउ परेका उनले आफूलाई होच्याउने, अपशब्द बोल्ने, हेप्ने गरेकाले हत्या गरेको अनुसन्धान टोलीसँग स्वीकार गरेको प्रहरी स्रोतको भनाइ छ ।

संखुवासभा प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले अनुसन्धानका लागि छिमेकी एक युवा पक्राउ गरिएको पुष्टि गर्नुभएको छ । पक्राउ परेका कार्कीलाई भने आज आइतबार सार्वजनिक गर्ने प्रहरीले बताएको छ । पक्राउ परेका अभियुक्तको घरबाट रगत लागेजस्तो देखिने धोएर राखेको सटको कपडा र घटनामा प्रयोग भएको हुन सक्ने हेम्बर पनि बरामद गरिएकोे छ ।

घटनामा के–कति जनाको संलग्नता रहेको र घटना गर्नुका कारणबारे थप अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार लोकबहादुरले मृतक तेजबहादुरको मात्र हत्या गर्न खोजेका र परिवारका सदस्यले देखेपछि हत्या आरोपितले चिन्छ भनेर परिवारका अन्यको पनि हत्या गरेको स्रोतको भनाइ छ । ‘आरोपित कार्कीले नै हत्या गरेको विविध पक्ष र कारणबाट पुष्टि हुन्छ । यसबारेमा आज आइतबार सार्वजनिक गर्छौं ।’ –संखुवासभा प्रहरी नायव उपरीक्षक सुवेदीले बताउनुभयो ।

घटनाको अनुसन्धानका क्रममा शनिबार ५ दिनसम्म १ दर्जनभन्दा बढी व्यक्तिमाथि प्रहरीले अनुसन्धान गरेको थियो । घटनामा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीय पार्वती, ५८ वर्षीय छोरा तेजबहादुर, ५२ वर्षीया बुहारी कमला, ३२ वर्षीया नातिनी बुहारी रञ्जना, र ११ वर्षीय पनाति दिपेन, ७ वर्षीया पनातिनी गोमाको बीभत्स हत्या भएको थियो । उनीहरुको घरदेखि केही पर बाटो, खोल्सा र खरबारीमा बीभत्स हत्या गरेको अवस्थामा गाउँलेले शव फेला पारेको थियो । नेपाल समाचारपत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया