असार २३, २०८२ सोमबार July 7, 2025

संसद बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमामण्डौंः प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ। आइतबारको बैठकमा पनि नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले बिरोध जनाएको थिए । सभामुख अग्नीप्रसाद सापकोटाले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले लगातार तेस्रो दिन पनि संसद अवरोध कायमै राखेको छ। आइतबारको बैठकमा पनि एमालेले चर्को बिरोध जनाएको छ।

सभामुख सापकोटाले आफू नेपालको संविधान, ऐन, कानून र प्रतिनिधि सभा नियमावली अनुसार नै चलेको भन्दै पटक पटक बैठक सञ्चालन गर्ने वातावरण बनाउन प्रतिपक्षी सांसदहरुलाई आग्रह गरेका थिए।

प्रतिपक्ष सांसदहरुले वेल घेर्दै संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार मूर्दावाद, पदीय मर्यादा कामय गर, संवैधानिक सर्वोच्चता कायम गर, गैरसांसदलाई प्रवेश निषेध गर, पार्टी फुटाउने षड्यन्त्र–मुर्दावाद, यथास्थितिमा संसद चल्न सक्दैन लगायतका नाराबाजी गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया