असार २५, २०८२ बुधबार July 9, 2025

असोज १ गतेदेखि ८१ बन्द विद्यालय खोल्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कुश्मा नगरपालिकाले सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्ने भएको छ ।

कोरोना सङ्क्रमण नियन्त्रण हुन थालेपछि आइतबार बसेको नगर शिक्षा समितिको बैठकले बन्द रहेका विद्यालय खोल्ने निर्णय गरेको हो । नगरप्रमुख रामचन्द्र जोशीले आगामी असोज १ गतेबाट सबै विद्यालय खोल्ने निर्णय भएको जानकारी दिनुभयो ।

नगरपालिकामा सङ्क्रमणको दोस्रो लहरपश्चात् वैशाखदेखि भौतिक उपस्थितिमा हुने पठनपाठन रोकिएको थियो । केही विद्यालयले अनलाइनमार्फत पढाइ सञ्चालन गरे पनि ग्रामीण क्षेत्रका अधिकांश विद्यालयले इन्टरनेटको असुविधाका कारण अनलाइन कक्षा सञ्चालन गर्न सकेका थिएनन् ।

विद्यालयलाई अनिवार्यरुपमा स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गरिएको नगरप्रमुख जोशीले बताउनुभयो । नगरपालिकाभित्र ६७ सामुदायिक र १४ संस्थागत विद्यालयमा करिब नौ हजार विद्यार्थी अध्ययनरत छन् । मोदी, विहादी, महाशिला र पैंयुमा यसअघि नै भौतिक उपस्थितिमा विद्यालय खुलिसकेका छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर स्थानीय तहले विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरिएको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार