असार २३, २०८२ सोमबार July 7, 2025

प्रतिनिधिसभाको बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेका लागि तय गरिएको संसद सचिवालयले जनाएको छ। संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची बनाएको छ।

अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ। त्यस्तै, आजको बैठकमा २०४८ सालमा राष्ट्रिय सभामा मनोनीत सदस्य रुक्मशम्शेर जबराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

नेकपा एमालेले भने लगातार संसद बैठकमा नाराबाजी गर्दै आएको छ। संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आयोजना गरे पनि एमालेले भने बहिष्कार गरेको थियो ।

एमालेको पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ। उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया