असार २६, २०८२ बिहिबार July 10, 2025

कक्षा १२ को परीक्षा होम सेन्टरमै सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै आजदेखि कक्षा १२ को परीक्षा सञ्चालन गरेको छ । स्वास्थ्य मापदण्ड अपनाएर होम सेन्टरमा आजदेखि सुरु भएको परीक्षा असोज ८ गते सम्पन्न हुने बोर्डले जानकारी दिएको छ ।

परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएपछि परीक्षा सञ्चालन गरेको हो । कूल चार हजार ३१५ विद्यालयमा भएको परीक्षामा तीन लाख ७४ हजार ४१३ परीक्षार्थी सहभागी भएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले यसअघि दुई पटक परीक्षा स्थगित गरेको थियो ।

बोर्डले यस वर्ष प्रश्न पत्र इमेल गरेर विद्यालयमा पठाएको छ । अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलका अनुसार इन्टरनेट नपुगेका ११३ केन्द्रमा प्रश्नपत्र पठाइएको र बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाएको जानकारी दिनुभयो ।

बोर्डले सबै केन्द्रलाई फरक–फरक पासकोर्ड दिएर प्रश्नपत्र प्रिन्ट गर्न सक्ने व्यवस्था गरेको जनाएको छ । परीक्षा हलमा जानु अगाडि विद्यार्थीको तापक्रम नाप्नुका साथै स्यानिटाइजर लगाएर पठाउने व्यवस्था गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार