वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

आजबाट सरकारले राजश्व उठाउन पाउने खर्च गर्न नपाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधि सभा लगातार अवरुद्ध भएपछि संसदबाट बजेट पारित नहुँदा ‘बजेट होलिडे’ को अवस्था आएको छ । सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच राजनीतिक विषयवस्तुमा संघर्ष गरिरहेको बेला देशको बजेट प्रभावित भएको छ ।

संसदबाट बजेट पारित नहुँदा सरकारले राजश्व उठाउन पाउने भएपनि खर्च भने रोकिने अवस्था आएको छ ।  प्रतिनिधिसभाले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पारित नगरेपछि बुधबार रातिबाट सरकारी खर्च गर्न नपाइने भएको छ ।

प्रतिस्थापन विधेयक भदौ ३० गतेभित्र संसदबाट पारित गरिसक्नुपर्नेमा सभामुखले बैठक असोज ४ गते मंगलबारका लागि तोकेकाले अब ‘बजेट होलिडे’ को अवस्था सिर्जना भएको छ ।

तत्कालिन पुर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले असार ३० गते बजेट विधेयक पेश गरेका थिए । यो ६० दिनभित्र पास गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । यदि संसद पेश भएको ६० दिनभित्र पास नभए अनिवार्य निस्क्रिय हुने संबैधानिक व्यवस्था रहेको छ ।

संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री पौडेलले गत जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट बुधबारसम्ममा संसद्बाट अनुमोदन गरिसक्नुपर्छ । तर प्रतिनिधिसभा बैठक असोज ४ सम्मका लागि स्थगन भएपछि अध्यादेशको बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमाथिको छलफल प्रक्रिया प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण अघि बढ्न नसकेको हो ।

बजेट होलिडेको अवस्था तीन बर्ष अघि अमेरिकामा पनि आएको थियो ।

तीन वर्षअघि बजेट पारित नभएर सार्बजनिक खर्च गर्न नसक्ने अवस्था आएपछि सबै सरकारी कार्यालय ३५ दिनसम्म बन्द गरिएको थियो । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने कार्यक्रमसहित बजेट पेस गर्दा संसद्ले विरोध जनाउँदै तोकिएकै मितिमा बजेट पास नगरेपछि बजेट होलिडेको अवस्था सिर्जना भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया