असार २५, २०८२ बुधबार July 9, 2025

त्रिविद्धारा भौतिक उपस्थितिमा नै कक्षा सञ्चालनको व्यवस्था गर्न क्याम्पसलाई निर्देशन (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्भव भएसम्म शुक्रबारदेखि भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न क्याम्पसलाई आग्रह गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को यही भदौ २७ गते बसेको बैठकले स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए ।

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै गत वैशाख १६ गतेदेखिको बन्दाबन्दीले गर्दा त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको थियो ।

बन्दाबन्दीमा त्रिविले भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्न आग्रह गरेको थियो । विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी त्रिविले भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न क्याम्पस/विभाग/स्कुललाई अनुरोध गरेको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार