असार २२, २०८२ आइतबार July 6, 2025

छोरालाई स्कुल पुर्‍याउन गएका बावुको गाडीको ठक्करबाट मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं ।  छोरालाई पछाडि बोकेर स्कुल पुर्याउन जाँदै गरेका एक व्यक्तिको सवारीको ठक्करबाट ज्यान गएको छ । काठमाडौंका चाबहिल–सुकेधारा खण्डमा बसले एक छात्राको ज्यान लिएको भोलिपल्ट चन्द्रागिरि नगरपालिका-१२, गुर्जुधारामा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको हो ।

पर्वत ठूलेपोखरी गाउँपालिका–४ स्थायी घर भई चन्द्रागिरी नगरपालिका–७, थानकोट चेकपोस्ट बस्दै आएका अर्जुन कुमार केसीको मंगलबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी प्रदेश ३ ०२००९ प ७६२१ को साइन मोटसाइकलमा छोरालाई स्कुल पुर्याउन गएका थिए । मोटरसाइकलमा सवार छोरा घाइते भएका छन् । उनको ओम समाज हस्पिटलमा उपचार भइरहेको छ । सवारी साधनबारे कुनै जानकारी नभएको र सडकको सिसिटिभी फुटेज चेकजाँच भइरहेको महानगरीय प्रहरी बृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताएका छन ।

स्थानिय र मृतकका केही आफन्तले ठक्कर दिने सवारी साधन पता नलगाए सम्म शव उठाउने र गल्ती गर्ने चालकलाई कारबाहीको माग गरेका छन् ।

घटनास्थलमा तनाव भएपछि अवस्थामा नियन्त्रणमा लिन महानगरीय प्रहरी वृत्त, कालीमाटीका डीएसपी रुगम कुँवरको नेतृत्वको अर्को प्रहरी टोली पनि त्यहाँ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार