असार ३०, २०८२ सोमबार July 14, 2025

महाधिवेशन महासंग्राम : गुट–उपगुट हटाई एकताका साथ अघि बढ्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले कांग्रेसको १४ औं महाधिवेशनलाई गुट र उपगुट समाप्त पारी सम्पन्न गर्नुपर्नेमा जोड दिएकी छन् ।

शनिबार नेपाली कांग्रेस अर्घाखाँची–रुपन्देही सम्पर्क समितिले बुटवलमा आयोजना गरेको क्षेत्रीय प्रतिनिधिहरु छलफल कार्यक्रममा उनले जनताको भावना र लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसको अहम् भूमिका रहेकोले सबै जिम्मेवार भएर अगाडि बढनु पर्ने हालको पहिलो आवश्यकता रहेको बताइन् ।

क्षेत्रीले महाधिवेशनलाई लक्षित गर्दै स्थानीय तहदेखि केन्द्रसम्म सहकार्य, एकता र सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै कांग्रेसको आसन्न १४ औं महाधिवेशनले सक्षम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरिन् ।

नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला कार्य समितिका सदस्य माधव भुसालले कांग्रेस लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन गर्ने पार्टी रहेको बताउँदै विधिको शासन अवलम्वन गरेर पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाली कांग्रेस पाणिनी गाउँपालिका वडां नं. ४ का सभापति धर्मराज घिमिरे, ट्रेड युनियन कांग्रेस अर्घाखाँचीका सभापति सुमन्त बस्याल, नेपाली कांग्रेस अर्घाखाँची–कपिलवस्तु सम्पर्क समाजका सभापति तुल्सीराम घिमिरे,उपाध्यक्ष टिकाराम बण्जाडे, मैदान–रुपन्देही सम्पर्क समाजका अध्यक्ष थानेश्वर घिमिरे, नेविसंघ अर्घाखाँची– रुपन्देही सम्पर्क समितिका सभापति ठाकुर घिमिरे लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रम कांग्रेस अर्घाखाँची रुपन्देही सम्पर्क समितिका सभापति तुल्सी भुसालको अध्यक्षता र सचिव विनोद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया