काठमाण्डौं: प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।
ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति भवनमा दिउँसो १ बजे बैठक बस्ने एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुने उनले बताए । आउँदो १५ गतेदेखि १७ गतेसम्म काठमाण्डौमा एमालेको विधान महाधिवेशन हुँदैछ ।
यस्तै, आजको बैठकमा पार्टीको आन्तरिक विषय र १० बुँदे सहमतिअनुसार नेताहरुको कार्यविभाजनको विषयमा पनि छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया