असार २९, २०८२ आइतबार July 13, 2025

आगामी चुनावसम्म काँग्रेस-माओबादी सहितको गठबन्धन बनाउने माधव नेपालको राजनीतिक प्रतिवेदन पेश (पूर्णपाठ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एकीकृत समाजवादीले वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म टिकाइराख्नु पर्नेमा जोड दिएको छ ।

केन्द्रीय कमिटी बैठकमा १२ पृष्ठको संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष माधवकुमार नेपालले अहिलेको वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी चुनाबसम्म लानुपर्ने उल्लेख गरेका छन् ।

अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ, ‘अहिलेको हाम्रो एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हाल कायम वाम लोकतान्त्रिक गठबन्धनलाई कम्तीमा पनि वर्तमान प्रतिनिधिसभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म टिकाउनु र सहमति एवं सहकार्यको आधारमा सरकार सञ्चालन गरी आम जनतालाई सेवा प्रदान गर्नु हो ।’

एमाले अध्यक्ष केपी ओलीको गफाडी प्रवृत्तिका कारण मुलुकको राजनीतिक स्थिरता खल्बलिएको नेता नेपालको प्रतिवेदनमा उल्लेख छ ।

‘दुई पार्टीको सहमतिका आधारमा मुलुकको प्रधानमन्त्री बन्न पुगेका केपी ओलीको दक्षिणपन्थी चिन्तन, सत्ता लिप्सा र लोकतन्त्र विरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र गफाडी, अहंकारी र दम्भी स्वभावले गर्दा कसैसँग मिल्न नसकी मुलुकको राजनीतिक स्थिरता नै खल्बलियो ।,’ प्रतिवेदनमा भनिएको छ।

अध्यक्ष नेपालको राजनीतिक प्रस्तावको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया