असार २३, २०८२ सोमबार July 7, 2025

अवैध जडिबुटीसहित तीन जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जिल्ला प्रहरी कार्यालय लमजुङले अवैध जडिबुटीसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बेँसीशहर नगरपालिका-७ बाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मर्स्याङ्दी गाउँपालिका( ६ बस्ने वर्ष ४८ का आइतराम तामाङ, सोही स्थान घर भएका वर्ष ३७ का रामबहादुर तामाङ र सोही स्थान घर भएका वर्ष २४ का मीनबहादुर तामाङ रहेका छन् ।

गए राति सवा २ बजेको समयमा शंकास्पद रूपमा झोला भिरेर हिँडिरहेको अवस्थामा चेकिङमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट पाँचऔँले १५ किलो ५०० ग्राम र नीरमसी १३ किलो ४०० ग्राम बरामद गरेको हो । २९ किलो जडिबुटीको रकम ५४ लाख रुपैयाँ रहेको प्रहरीको अनुमान छ ।

पक्राउ परेका तीनै जनालाई मंगलबार नै कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । जिल्ला प्रहरी कार्यालय लमजुङले पछिल्लो समय अवैध जडिबुटी ओसारपसारलाई नियन्त्रण गर्न विशेष योजना नै बनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार