काठमाडौंः नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाका बस्ने छ ।
बैठकमा मन्त्री छनोट गर्ने विषयमा छलफल हुने बताइएको छ । पाँच दलिया गठबन्धनबाट देउवा नेतृत्वमा सरकार बनेको दुई महिना बढी भइसक्दा पनि अझै मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन ।
प्रधामन्त्री देउवाले पटकपटक मन्त्रीको नामावाली बुझाउन आग्रह गर्दै आउनु भएपनि दलहरुले अहिलेसम्म पठाउन सकेको छैन ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा आ-आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो ।
त्यही अनुसार माओवादीको बैठक बस्न लागेको हो । कांग्रेसले पनि आज दिउँसो ३ बजे नै पदाधिकारी बैठक डाकेको छ । कांग्रेले पनि मन्त्री छनोट गर्ने विषयमा छलफल हुने बताएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया