असार २१, २०८२ शनिबार July 5, 2025

निलम्बनमा परेका चार फुटबलरलाई राहत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को पुनरावलोकन समितिले कारबाहीमा परेका फुटबलको निलम्बन मितिबारे नयाँ निर्णय गरेको छ । यससँगै बिमल घर्ती मगरले ए डिभिजन लिग खोल्ने बाटो खुलेको छ ।

विश्वकप छनोटमा कुवेतविरुद्ध खेल्न भुटान जानु अघिल्लो दिन नाइट क्लबमा गएपछि एन्फाले विमल, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई कारबाही गरेको थियो । विमल र दिनेशलाई ९० दिन तथा अन्जन र सन्तोषलाई ४५ दिन निलम्बन गर्नुका साथै ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

अनुशासन समितिले चारै खेलाडीको निलम्बन मंसिर २७ बाट लागू हुने बताएको थियो । त्यसो हुँदा विमल र दिनेशले यो सिजन ए डिभिजन लिगका सबै खेल गुमाउँथे ।

तर चार खेलाडीले निलम्बन घटाउन निवेदन दिएका छन । त्यसमा सुनुवाई गर्दै पुनरावलोकन समितिले नाइट क्लब गएको भोलिपल्ट कात्तिक ३० बाटै निलम्बन लागू हुने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिएका छन ।

यो निर्णयसँगै अन्जन र सन्तोषको निलम्बन पुस १५ बाट फुकुवा हुनेछ भने विमल र दिनेशको माघको ३० गते । त्यसपछि लिग खेल्ने बाटो खुल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया