श्रावण १, २०८२ बिहिबार July 17, 2025

कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कांग्रेसले महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा फेरि संशोधन गर्ने सहमति गरेको हो ।

सहमतिअनुसार अब १३ जिल्लाको वडा अधिवेशन ९ असोजपछि हुनेछ । ती जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद टुंगाएरमात्रै वडा अधिवेशन गर्ने सहमति जुटेको छ । त्यस्तै, १३ जिल्लामा पालिका तह अधिवेशन पनि दसैंअघि मात्रै हुने छन् । तर, वडा अधिवेशन सम्पन्न भइसकेका ६४ जिल्लामा भने ९ असोजमै पालिका अधिवेशन हुनेछ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ जिल्लामा बाहेक वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा ९ असोजमा नै पालिका अधिवेशन गर्ने र बाँकी १३ जिल्लामा दसैंअघि पालिका तहका अधिवेशन सम्पन्न गर्ने सहमति भएको जानकारी दिए । कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले दसैंअघि ७७ जिल्लामा नै पालिका अधिवेशन गर्ने सहमति भएको बताए ।

उनका अनुसार त्यसपछिका घोषित कार्यतालिका भने परिमार्जन हुने जनाइएको छ । निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले भने समितिले वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा मात्रै अधिवेशन मिति सार्न सुझाएको जानकारी दिए । उनले वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा भने बाँकी तहका अधिवेशन गर्न निर्वाचन समिति तयार रहेको जानकारी दिएका छन् ।

यसअघि, पछिल्लो पटक गत ५ असोजका लागि वडा अधिवेशन हुन बाँकी २० जिल्लामा मिति तोकिएको थियो । तर, यसबीच ७ जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक भएपछि ती जिल्लामा भने अधिवेशन भएको छ । बाँकी १३ जिल्लामा भने वडा अधिवेशन बाँकी छ । ती जिल्लाका क्रियाशील सदस्यता नामावली अझै सार्वजनिक गरिएको छैन ।

कांग्रेसले यसअघि पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेस वडा अधिवेशन गत १८ भदौमा तोकेको थियो । तर, सो मितिमा भने प्रक्रिया मात्रै शुरु भएको थियो । त्यसपछि ७ जिल्लामा ५ असोजमा अधिवेशन भएको हो । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार