काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने बताएका छन् ।
बिहीबार काभ्रेमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसी भन्दा गठबन्धन मुख्य रहेको र आफुहरु गठबन्धनमा नै सहमत भएर हिँडेकाे बताएका छन् ।
उनले गठबन्धनमा कुनैपनि प्रकारको असन्तुष्टि नरहेको बताए । उनले भने,‘एमसीसीभन्दा गठबन्धन महत्वपूर्ण हो । संविधान र राष्ट्रको रक्षाका लागि गठबन्धन बनेकाले टुट्दैन ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया