असार २५, २०८२ बुधबार July 9, 2025

बनगाड कुपिण्डेका विद्यालय आजबाट खुले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालय खुलेका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण बन्द भएका विद्यालय शैक्षिक सत्र सुरु भएको झन्डै ६ महिना पछि सञ्चालनमा आएका हुन । कोरोना भाइरसको संक्रमण केही कम भएकाले कोरोनाका स्वास्थ्य मापदण्ड पुरा गर्दै विद्यालय सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

शिक्षा तथा प्रविधि मन्त्रालयले तयार पारेको विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा २०७७ बमोजिमका प्रक्रिया र स्वास्थ्य मापदण्ड पुरा गरी बिहीबारबाट पालिकाका सबै विद्यालय सञ्चालनमा ल्याएको नगरपालिकाकी धुर्वा कुमारी थापाले बताउनुभयो ।

बुधवार बसेको नगर कार्यपालिकाको बैठकले बिहीबारबाट विद्यालय खोल्ने निर्णय गरे अनुसार विद्यालयमा सञ्चालन गर्न थालिएको उहाँको भनाई छ । नगरपालिकामा सामुदायिक र संस्थागत गरी ६५ विद्यालय रहेका छन् ।

स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने गर्ने गरी नियमित रुपमा कक्षा सञ्चालन भएको थापाको भनाई छ ।

यसअघि शारदा नगरपालिका, छत्रेश्वरी, कपुरकोट, त्रिवेणी र कालीमाटी गाउँपालिकाले विद्यालय सञ्चालन गरी सकेका छन् । कोरोना भाइरसका कारण विद्यालय बन्द हुँदा हजारौँ विद्यार्थीको पठनपाठन प्रभावित हुँदै आइरहेको छ ।

सरकारले वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न खोजे पनि इन्टरनेट र फोनको सबैमा पहुँच नहुँदा प्रभावकारी हुन सकिरहेको थिएन । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार