काठमाडौंः त्रिभुवन विश्वविद्यालयले एक सूचना प्रकाशित गरी कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरद्धारा सञ्चालित परीक्षा स्थगित गरेको जनाएको छ ।
त्रिविले परीक्षा स्थगन गरिएको सम्बन्धि सूचनामा भनेको छ, ‘उपरोक्त सम्बन्धमा यस अध्ययन संस्थानद्धारा सञ्चालित पक्लिहवा क्याम्पस अन्र्तगत वि.भि.एस्सी. एण्ड ए.एच.एच. पाँचौँ वर्ष दोस्रो सत्रान्तका इन्टरशिपको मुल्यांकन तालिका यस अघि प्रकाशित सूचनामा मिति २०७८।०६।०८ देखि २०७८।०६।१० गतेसम्म राखिएकोमा उक्त क्याम्पसको असामान्य परीस्थितिमा क्याम्पस अनिश्चितकालीन बन्द भएकोले अर्को सूचना प्रकाशित नभएसम्मको लागि उक्त मूल्यांकनको कार्यक्रम स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’ हरियाली नेपाल
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया