असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रिय सभा बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ । शुक्रवार बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि छलफल हुनेछ ।

यी विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेका छन् । राष्ट्रिय सभा बैठकमा आज यी दुवै विधेयक टेबुल गर्ने र त्यसपछि अर्को बैठकमा पारित गर्ने तयारी छ । दुवै विधेयक आउँदो सोमवार पारित गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ ।

विधेयक पारित भए पछि प्रतिनिधि सभा बैठकमा पठाइने छ र प्रतिनिधि सभाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने छ । यस अघि सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको विनियोजन विधेयक २०७८ लाई हिजोको राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नु भएको थियो ।

विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया