श्रावण १, २०८२ बिहिबार July 17, 2025

सर्तसहित अनअराइभल भिसा खुल्ला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले नेपाल आउने विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिने भएको छ ।

विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकलाई कानुनबमोजिम अनअराइभल भिसा उपलब्ध गराउने भएको हो ।

भिसा प्राप्त गर्न विदेशी नागरिकले खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, उडानको चेक इन हुनुभन्दा ७४ घन्टाअघिको नेगेटिभ भएको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ । त्यस्तै नेपालमा होटल बुक गरेको प्रमाण, सीसीएमसीको वेबसाइटमा लगइन गरी अनलाइन फाराम भरेको प्रिन्टप्रति पनि उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

देशअनुसार नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकको नेपालस्थित अध्यागमनमा प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्नेछ । त्यस्तो परीक्षणमा पोजेटिभ देखिएमा अनिवार्य रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा पठाउनुपर्नेछ । अध्यागमनमा परीक्षण हुन नसके होटेलमा कोभिड–१९ को परीक्षण गरेर नेगेटिभ आएपछि मात्र होटलबाट बाहिर जान पाउनेछन् । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार
जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त
२०८२ श्रावण १, बिहिबार
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार