श्रावण १, २०८२ बिहिबार July 17, 2025

सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल हुनुको खास कारण यस्तो ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ ।

विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्रतिनिधित्व नहुने सुनिश्चित गराउन भन्दै पाकिस्तानले नेपाललाई प्रश्न गरेपछि सोबारे प्रस्ट हुन नसकेपछि अन्तिम समयमा आएर बैठक स्थगन भएको हो ।

राष्ट्रसंघीय महासभाको साइडलाइनमा हुने भनिएको बैठक अफगानिस्तान र पाकिस्तानका कारण नहुने भएको हो । राष्ट्रसंघीय ७६औं महासभाको साइडलाइनमा हरेक वर्ष सार्कका परराष्ट्रमन्त्री (सार्क मन्त्रिपरिषद्)हरू अनौपचारिक रूपमा बैठक बस्ने गर्छन् । योपटक अन्तिम समयमा सार्क राष्ट्रका सदस्यहरूको सहभागिताको विषयमा अन्योल सिर्जना भएपछि बैठक नहुने भएको हो ।

सार्कको कान्छो मुलुकमा देखिएको राजनीतिक घटनाक्रम परिवर्तन भएपछि त्यहाँ विद्रोही तालिबानले सरकार सञ्चालन गरिरहेको छ । अफगानिस्तानमा तालिबान सरकार बनेपछि सदस्य मुलुक अझै अन्योलग्रस्त रहेको अवस्थामा विदेश मन्त्रीस्तरीय बैठक स्थगित गरिएको परराष्ट्रका एक अधिकारीले बताए ।

तालिबानको सहभागिताको विषयलाई लिएर पाकिस्तानबाहेकका सार्क राष्ट्रले चासो देखाएपछि अन्तिम समयमा आएर बैठक स्थगित गरिएको हो । गत २९ भदौमा सबै सदस्य मुलुकलाई सार्क सचिवालयले पत्राचार गरेको थियो । अमेरिकाको न्युयोर्कको ग्रान्ड होटलमा ९ असोजका लागि बैठक राखिएको थियो ।

पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानको यसअघिका सरकारका दूत घुलाम एमा इसाक्लाईको उपस्थिति नहुने भन्ने प्रस्ताव राखेपछि बैठक स्थगित गर्नुपरेको हो । घुलामलाई अफगानिस्तानको पूर्ववर्ती सरकारले राष्ट्रसंघको विशेष दूत बनाएको थियो । तालिबान सरकारले उनलाई हटाएको भने पनि उनी अझै सक्रिय छन् । सो विषयलाई लिएर उनको उपस्थिति हुन्छ कि हुँदैन भनेर नेपाललाई पाकिस्तानले पत्र पठाएको थियो ।

अमेरिकामै भएकाले घुलाम उपस्थित हुन सक्ने सम्भावना पनि थियो । तर, नेपालले उनको उपस्थिति हुन्छ या हँुदैन भन्ने स्थिति बताउन सक्ने अवस्था नभएपछि बैठक रोक्नुपरेको परराष्ट्रका एक अधिकारीले बताए । बैठक स्थगित भएको तालिबानलाई पनि अन्तर्राष्ट्रिय क्षेत्रले मान्यता नदिएकाले सहभागिता हुने अवस्था रहँदैन । तर, पाकिस्तान भने तालिबान सरकारलाई मान्यता दिनुपर्ने पक्षमा छ । अन्य सदस्य मुलुकहरू भने पाकिस्तानको भनाइमा सहमत देखिँदैनन् । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार
जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त
२०८२ श्रावण १, बिहिबार
देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
२०८२ श्रावण १, बिहिबार
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार