काठमाण्डौंः गर्मीलाई मध्यनजर गर्दै उपकार सेवा नेपालले पङ्खा वितरण गर्ने अभियान सुरु गरेको छ ।
सामाजिक अभियन्ता एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का युवा नेता ओमप्रकाश सर्राफको सक्रियतामा बारा र पर्साको विभिन्न स्थानमा २० थान पङ्खा वितरण गरिएको छ । आवश्यकतालाई मध्यनजर गर्दै सामुदायिक विद्यालय र सरकारी अस्पताललाई पङ्खा उपलब्ध गराएको युवा नेता सर्राफले जानकारी दिनुभयो ।
उपकार सेवा नेपालकी अध्यक्ष विद्या देवी सरावगीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई १० थान, बाराको खुटुवा प्रसौनी स्थित श्री नेपाल राष्ट्रिय प्रा.वि.मा ५ थान पङ्खा वितरण गरिएको बताउनुभयो । यस्तै पर्साको पोखरिया नगरपालिकामा रहेको पोखरिया अस्पताललाई पनि ५ थान पङ्खा सहयोग गरेको सरावगीको भनाई छ ।
संस्थाका सुमन वागेरिया, सोनी अग्रवाल लगायतको उपस्थितिमा विद्यालय र अस्पतालका प्रतिनिधिहरूलाई पङ्खा हस्तान्तरण गरिएको हो ।
आगामी दिनमा पनि अन्य स्थानमा आवश्यकता अनुसार पङ्खा वितरणको अभियानलाई निरन्तरता दिने सामाजिक अभियन्ता सर्राफले बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया