जेठ ६, २०८१ आइतबार May 19, 2024

कांग्रेस सभापतिका तीन आकांक्षिबीच महाराजञ्जमा संयुक्त बैठकः सभापतिको भूमीकालाई लिएर आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शुक्रबार साँझ महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगंञ्जमा भएको छलफलमा आसन्न महाधिवेशनका विषयमा छलफल भएको जनाइएको छ ।

महाधिवेशनको तालिका प्रभावित हुन थालेसँगै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह फेरि छलफलमा जुटेका छन्। आउँदो १४ औँ महाधिवेशनका सभापतिका तीन आकांक्षी बिच भेटवार्ता भएको हो।

शुक्रबार साँझ महामन्त्री शशांक कोइरालाको निवास महाराजगंञ्जमा भएको छलफलमा आसन्न महाधिवेशनका विषयमा छलफल भएको जनाइएको छ।

महाधिवेशन समयमै सम्पन्न गर्ने, सहमतिमा उम्मेदवारी दिनेलगायतका विषयमा छलफल भएको बताइएको छ। एक नेताले भने ‘महाधिवेशनका विषयमा उत्पन्न आशंकाहरु हटाउने, निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्ने र सहमतिमा अघि बढ्ने विषयमा छलफल भयो।’

छलफलमा मन्त्रीपरिषद्लाई छिटो पूर्णता दिन सभापति शेरबहादुर देउवालाई दबाब दिने विषयमा पनि छलफल भएको जनाइएको छ। कांग्रेस महाधिवेशन आगामी मङ्सिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदै छ। तर विभिन्न जिल्लाका वडा तथा पालिका अधिवेशन प्रभावित भइरहेको छ। यसअघि असार ७, ११ र १५ गते नेतात्रयबीच श्रृंखलाबद्धरुपमा लन्च मिटिङ भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार