जेठ ६, २०८१ आइतबार May 19, 2024

काँग्रेस महाधिवेशनः कर्णालीका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशमा अधिकांश वडा तहको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ। जाजरकोट, दैलेख मुगु, जुम्ला र हुम्लामा सर्वसम्मत नेतृत्व चयन भएका छन्।

जाजरकोटका ७७ वटा वडाको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ। यद्यपी जिल्लाको नेतृत्व चयनमा भने चुनाव हुन सक्ने सम्भावना देखिन्छ।

दैलेखका ९० वडामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ। कार्यसमितति चयन भएका वडामा सभापतिदेखि सबै कार्यसमिति नै सर्वसम्मत निर्वाचित भएका छन्। वडामा सर्वसम्मत रुपमा नेतृत्व छनौट हुँदा जिल्ला नेतृत्वका लागि भने धेरै आकांक्षी छन्। दैलेखका पार्टी सचिव भूपेन्द्रबहादुर शाही, दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी, मनिराम रेग्मीलगायतका नेता जिल्ला सभापतिको लागि आकाङ्क्षी रहेका छन्।

जुम्लाका करिव सबै वडामा पनि सर्वसम्मतरुपमा नेतृत्व चयन भएको छ। जिल्लाका ६० वडामा सम्पूर्ण कमिटीमा सर्वसम्मत नेतृत्व निर्वाचित भएका छन्। तातोपानी गाउँपालिका–७ मा सर्वसम्मतिको प्रयास गर्दागर्दै निर्वाचन गराउनुपर्ने अवस्था आएको थियो। वडामा सर्वसम्मत पदाधिकारी छनौट भएपनि जुम्लामा पनि जिल्ला नेतृत्वका लागि भने चुनाव हुने अवस्था आउने कांग्रेस नेताको भनाइ छ।

जिल्ला सभापतिका लागि बहालवाला पार्टी सभापति दीपबहादुर शाही, पार्टी सचिव कर्णबहादुर शाही र चन्दनाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाललगायतका नेता आकाङ्क्षी देखिन्छन् । हुम्लाका पनि करिव सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । त्यसैगरी सल्यान, कालिकोट र रुकुमपश्चिममा पनि वडा तहमा करिव सर्वसम्मत नेतृत्व चयन गरिएको छ।

सुर्खेत र डोल्पामा भने क्रियाशिल सदस्यता विवादका कारण अधिवेशन हुन सकेको छैन। कांग्रेस सभापती कमलराज रेग्मीका अनुसार जिल्लामा सदस्यता विवाद हुँदा महाधिवेशन हुन सकेको छैन।

कर्णालीका अन्य जिल्लाका वडा अधिवेशनमा सर्वसम्मत नेतृत्व छनौट भएतापनि सुर्खेतका केही वडामा भने चुनाव हुने सङ्केत देखिएको छ। प्रदेशका अधिकांश वडामा सर्वसम्मत नेतृत्व छनौट भएतापनि नगर र जिल्लामा भने चुनाव हुनसक्ने सुर्खेतको गुर्भाकोट नगरपालिका अन्तर्गत नगरसभापतिका आकाङ्क्षीसमेत रहेका किरण वली बताउँछन्।

‘नगरका सबै वडामा सर्वसम्मत नेतृत्व छनौटको लागि तयारी भइसकेको छ,’ उनले भने, ‘नगर र जिल्लामा भने आकाङ्क्षी धेरै भएको हुँदा चुनाव हुने सङ्केत देखिएको छ।’ अब पालिका, क्षेत्र र जिल्ला सभापतिका लागि आकांक्षी आफ्ना प्रतिनिधि भेट्मा व्यस्त छन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार