जेठ ६, २०८१ आइतबार May 19, 2024

नुवाकोटका १२ वटै स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न, केहिमा निर्वाचन केहीमा सर्वसम्मत (नामसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेस नुवाकोटको गाउँ /नगरको अधिवेशन सम्पन्न भएको छ । नुवाकोट जिल्लाको क्षेत्र नम्बर १ तथा २ का १२ वटै स्थानीय तहमा सभापति सहितका पदाधिकारी चयन भएका छ्न् ।

केही स्थानीय तहमा निर्वाचन मार्फत सभापति चयन गरिएको छ भने केहिमा स्थानीय तहमा सर्वसम्म सभापति र पदाधिकारी चयन भएका छ्न् । विगतका अधिवेशनहरुमा केन्द्रमा देखिएको जुँगा लडाँई यसपालीको चौधौं अधिवेशनमा केही कमी आएको काँग्रेसका कार्यकर्ताहरुले महसुस गरेका छन् ।

नुवाकोट क्षेत्र नम्बर १ का ३ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएका छन् भने ४ वटा पालिकामा चुनावबाट नयाँ नेतृत्व तय भएका छन् । नेपाली कांग्रेसको विदुर नगर सभापतिका उम्मेदवार हरिलाल श्रेष्ठ र तारकेश्वर गाउँपालिका सभापतिका उम्मेदवार केशवराज अर्याल दुबै जनाले एक एक भोटले विजयी भएका छन्  ।

नेपाली कांग्रेस नुवाकोटका पालिका अधिवेशनमा निर्वाचित पदाधिकारीहरु :

१.  सूर्यगढी गाउँपालिका-शंकर बहादुर प्याकुरेल

२.  लिखु गाउपालिका- बिनोद पाठक (निर्वीरोध)

३.  ककनी गाउँपालिका-भग्याश्री लामा

४. पन्चकन्या गाउँपालिका – माधव प्रशाद खनाल

५.  तादी गाउँपालिका -नारायण प्रसाद पाण्डे,

६. शिवपुरी गाउँपालिका -कविराज गुरुङ

७.  दुप्चेश्वर गाउँपालिका -रोजलाल मोक्तान

८.  वेलकाेटगढी नगरपालिका- लेखनाथ मुडभरी (निर्वाचित)

९.  मेघाङ्ग गाँउपालिका – सिंह राज तमाङ्ग

१०. किस्पाङ गाँउपालिका – रण बहादुर तमाङ्ग

११. तारकेश्वर गाँउपालिका – केशब अर्याल

१२. बिदुर नगरपालिका – हरिलाल श्रेष्ठ (निर्वाचित)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया