काठमाडौंः त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण माहाशाखा बल्खु, काठमाडौंले एक जरुरी सूचना प्रकाशित गरेको छ ।
त्रिविले स्नातकोत्तर तह प्रवेश परीक्षाका लागि परीक्षा केन्द्र परिवर्तन गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना जारी गरेको छ ।
सूचना प्रकाशित गर्दै भनिएको छ, ‘यस सङ्काय अन्तर्गत सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह M.ED. र MSSED प्रथम सेमेस्टरमा भर्नाका लागि यही २०७८ साल असोज १२ गते लिइने प्रवेश परीक्षाका लागि सुनकोशी कालिका ब. क्याम्पस, ओखलढुङ्गामा अध्ययन गर्न चाहने आवेदन फारम भएका एवं परीक्षा केन्द्र परिवर्तन गरी त्यस क्याम्पसलाई परीक्षाकेन्द्र छनौट गरेका सबै विद्यार्थीको परीक्षा केन्द्र विशेष कारणवश ओखलढुङ्गा ब. क्याम्पस, ओखलढुङ्गा कायम गरिएको सम्बन्धित सबैलाई सुचित गरिन्छ ।’ थप जानकारी तल हेर्न सक्नुहुन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया