जेठ ६, २०८१ आइतबार May 19, 2024

पर्यटनको विकासका लागि एकीकृत योजना निर्माण जरुरी : जसपा अध्यक्ष यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रदेश २ को पर्यटन प्रवर्द्धनका लागी एकीकृत योजना निर्माणमा जोड दिनु भएको छ ।

अध्यक्ष यादवले होटल तथा पर्यटन व्यवसायी महासङ्घ प्रदेश २ ले आज जनकपुरधाममा आयोजना गरेको पर्यटन प्रवर्द्धन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।

उहाँले धार्मिक पर्यटनको पर्याप्त सम्भावना बोकेको प्रदेश नं. २ मा खुद्रा विकासले पर्यटन प्रवर्द्धन सम्भव नरहेको बताउँदै पर्यटनको ठोस विकासका लागि एकीकृत योजना निर्माण गर्नका लागि प्रदेश २ सरकारलाई सुझाव दिनु भयो ।

धार्मिक र ऐतिहासिक पर्यटन विश्व पर्यटनमा ठूलो हिस्सा ओगटेको उल्लेख गर्नु हुँदै जसपाका अध्यक्ष यादवले पर्यटक भित्र्याउने प्रदेश २ को सबै धार्मिक तथा ऐतिहासिक स्थलहरूलाई समेटेर एकीकृत गुरु योजना बनाउनका लागि आग्रह पनि गर्नु भयो ।

प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले पर्यटन प्रवर्द्धनको लागि प्रदेशका मुख्य धार्मिक तथा ऐतिहासिक स्थलहरूमा विकास निर्माणको काम शुरु गरी सकेको र अगामी दिनमा एकीकृत योजना नै बनाएर अगाडी बढ्ने बताउनु भयो ।

उहाँले प्रदेश सरकारले नीति तथा कार्यक्रमको पर्यटन प्रवर्द्धनलाई प्राथमिकताका साथ समावेश गरेको बताउदै निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नका लागि तयार भएको बताउनुभयो ।

प्रदेश नंं २ को अर्थमन्त्री शैलेन्द्र साह पर्यटकीय विकासमा अर्थको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

छलफल कार्यक्रममा प्रमुख सचिव हरि प्रसाद मैनाली, विभिन्न मन्त्रालयका सचिवहरू, होटेल तथा पर्यटन व्यवसायी महासङ्घ प्रदेश २ का वरिष्ठ सल्लाहकार युवराज लामा, विजय कुमार झुनझुनवाला, अध्यक्ष हिरा गौतम, उपाध्यक्ष विष्णु साह, महासचिव मोहन शर्मा, कोषाध्यक्ष वैकुण्ठ सापकोटा सहितका पदाधिकारीहरूको सहभागिता रहेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया