जेठ ६, २०८१ आइतबार May 19, 2024

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

बुधबार बिहान माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्री देउवाका स्वीकय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

माओवादी पार्टीको स्थायी समिति बैठक बस्नुअघि दाहालले प्रधानमन्त्रीलाई भेट्नुभएको हो ।

माओवादी केन्द्रको स्थायी समिति बैठक आजै पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ । गत आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धनका तर्फबाट मन्त्री हुनेहरुको नाम दिन आग्रह गर्नुभएको थियो । यिनै विषयमा छलफल गर्न अध्यक्ष दाहाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुभएको बुझिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया