जेठ ४, २०८१ शुक्रबार May 17, 2024

प्रधानमन्त्री देउवाले बिहिबार बिहान बोलाए सर्वदलीय बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संसदमा जारी अवरोध हटाउने प्रयास स्वरूप प्रम देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बिहीबार बिहान १० बजेका लागि बोलाइएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा, नेमकिपा र राप्रपाका शीर्ष नेतालाई आमन्त्रण गरिएको बालुवाटारले बताईएको छ ।

एमालेले संसद्को चालु अधिवेशनमा अवरोध गर्दै आएको छ । एमालेले सभामुखको भूमिकाको विषयमा प्रश्न उठाएको छ । यसअघि सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया