जेठ ६, २०८१ आइतबार May 19, 2024

‘विप्लव’ निकट अखिल (क्रान्तिकारी) ले वैज्ञानिक शिक्षा लागू गर्न सङ्घर्ष गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) ले वैज्ञानिक शिक्षा लागू गर्न सङ्घर्ष गर्ने भएको छ ।

संगठनको २२ औँ राष्ट्रिय सम्मेलनले गरेका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन मार्फत अखिल क्रान्तिकारीले वैज्ञानिक शिक्षा प्राप्त गर्न नेपालमा वैज्ञानिक समाजवादी व्यवस्थाको आवश्यकता रहेको भन्दै त्यसका लागि सङ्घर्ष गर्ने जनाएको हो ।

अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन असोज ६ गतेदेखि ९ गतेसम्म पोखरामा सम्पन्न भएको थियो । सम्मेलनले प्रकाश शाहीको अध्यक्षतामा १ सय १३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रकाश शाहीले सम्मेलनले २१ औँ राष्ट्रिय सम्मेलनबाट प्रस्तावित वैज्ञानिक समाजवादी शिक्षाको प्रारम्भिक खाका प्रस्तुत गरेको जानकारी दिए ।

उनले शिक्षालाई पछिल्लो समयमा व्यापारको हिसाबले हेरिएको र सो विषयको सम्मेलनमा उठान गरेको जानकारी दिए । उनले भने, ‘वैज्ञानिक समाजवादी शिक्षा वैज्ञानिक समाजवादी व्यवस्थामा मात्रै सुनिश्चित् हुने हुँदा वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्क्रिमा लामबद्ध हुन विद्यार्थीहरूलाई अपिल छ ।’ अनलाइन शिक्षाको नाममा भइरहेको लुट र विभेदलाई नियन्त्रण गरि तत्काल भौतिक कक्षा सञ्चालन गर्नसमेत उनले जोडदार माग गरे ।

सरकारले जनताको कुनै पनि समस्याको समाधान गर्न नसकेको आरोप लगाउँदै उनले सरकारबाट मुठ्ठीभरका मानिसहरूले मात्र लिइरहेको पनि आरोप लगाए । देशको विद्यमान शिक्षा क्षेत्रले सम्पूर्ण विद्यार्थीको भविष्य सुुनिश्चित् गर्न नसक्ने उनको ठहर छ ।

साथै उनले दुर्गम क्षेत्रका विद्यार्थीहरूको पढाईको स्तर खस्किनुमा पढ्नलाई भौतिक सुविधा नभएको उल्लेख गरे । उनले देश कोरोना सङ्कटबाट आक्रान्त बनेको बेला सङ्क्रमित सबै नागरिकहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्नुको साथै सम्पूर्ण नागरिकलाई कोरोना खोपको अनिवार्य व्यवस्था गर्न माग गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित सचिव विरेन्द्र शाहले सभ्य र भव्यताको साथ २२ औं सम्मेलन पोखरामा सम्पन्न भएको बताए । उनले सम्मलेनले प्रकाश शाहीको अध्यक्षतामा ११३ सदस्यीय केन्द्रीय समिति गठन गरेको जानकारी दिए ।

शाहले मेडिकल शिक्षामा भएको बेतिथिको अन्त्य गरि सरकारको लगानीमा मेडिकल कलेजहरूको विस्तार गरी नेपाली प्रतिभा र पुँजी पलायन हुनबाट रोक्नुपर्नेमा जोड दिए । उनले पोखराको मणिपाल अस्पताललाई तत्काल राष्ट्रियकरण गर्न सरकारसँग जोडदार माग गरेका छन् । आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले गरेको ३ बुंदे सहमति तत्काल अक्षरश कार्यान्वयन गर्नपर्ने पनि माग गरे । लिपुलेक लिम्पियाधुरा लगायतका देशैभरिका अतिक्रमित भूमि फिर्ता गरि सिमानामा काँडेतार लगाउन शाहले जोडदार माग गरे ।

कार्यक्रममा बोल्दै उपाध्याक्ष नरेन्द्र विश्वकर्माले जनमतसङ्ग्रह पार्टीको मुख्य एजेन्डा बनाउने बताए । वैज्ञानिक समाजवादी व्यवस्था र दलाल पुँजीवादी संसदीय व्यवस्थाका विषयमा तत्काल जनमतसङ्ग्रहको घोषणा गर्न पनि सरकारसमक्ष माग गरे । उनले भने, ‘विदेशीको हस्तक्षेपमा अब बस्न चाहादैनौँ शैक्षिक माफियाहरूलाई लुटको स्वर्गमा धावा बोल्नेलाई चेतावनी दिन चाहान्छु । अनुसन्धान गर्न विद्यार्थी आन्दोलनको नेतृत्व अखिल क्रान्तिकारीले गर्नेछ ।’ उनले राष्ट्रघाती एमसीसीको विरुद्ध सङ्घर्ष गर्न सम्पूर्ण विद्यार्थीहरूलाई आग्रह गरे ।

त्यस्तै, महासचिव मिलन राईले जनताको जनजिविकाको अवस्था अत्यन्त्यै कमजोर भएको भन्दै अझैपनि नेपालमा राजनीतिक आन्दोलन नभई सकेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया