असार २६, २०८२ बिहिबार July 10, 2025

कालो पट्टी बाँधेर शिक्षकले शुरु गरे बिरोध प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले निजामती कर्मचारी सरह समान व्यवहार नगरेको भन्दै शिक्षकहरूले बिरोध गरेका छन् । बिहीबार देशभरका शिक्षकले टाउको र हातमा कालो पट्टी बाँधेर साङ्केतिक बिरोध गरेका हुन् ।

सरकारले निजामती कर्मचारीलाई तोकेको भन्दा धेरै सुविधा दिएको तर शिक्षकलाई असमान व्यवहार गरेकाले साङ्केतिक बिरोध गरेको स्थायी शिक्षक हकहित मञ्चका केन्द्रिय संयोजक रमेशबाबु भट्टराईले बताउनुभयो ।

आफूहरूको माग पुरा नभए दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने भट्टराईले चेतावनी दिनुभयो । सडक, अदालत, सदन चारैतिरबाट दबाब दिएर सरकारलाई घेराबन्दीमा पार्ने अभियानमा रहेको उहाँले बताउनुभयो ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई सरकारले असमान व्यवहार गरेको भन्दै स्थायी शिक्षक हकहित मञ्चका केन्द्रिय संयोजक रमेशबाबु भट्टराई लगायत ५० जनाले १६ असारमा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

रिटमा शिक्षकलाई १० दिनको सुविधासहितको भ्रमण काज, सन्ततिलाई छात्रवृत्ति, १० लाख रुपैयाँको दुर्घटना बिमा, एक लाख रुपैयाँको स्वास्थ्य सुरक्षा बिमा, विद्यालयका शिक्षक–कर्मचारीका लागि छुट्टै अस्पताल लगायत माग गरिएको छ ।

सर्वोच्चले १७ असोजमा पेशी तोकेको छ । यस अगाडी पनि दुई पटक पेशी तोकिएकोमा सरकारी पक्ष उपस्थित नभएको भट्टराईले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार